|

जनकपुरधाम : सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले एनजिओको नाममा नेकपा एमाले तराइ झरेको आरोप लगाएका छन्। उनले एमाले एनजिओ पार्टी रहेको दाबी गरे।  ‘तराई मधेशको जनताले लत्याएर आउन नदिएपछि हाल आएर एनजिओको नाममा एमाले तराई झरेको छ,’ महतोले भने।

सर्लाहीको एक कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष महतो जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन नगरी सरकारले चुनाव गराउन नमिल्ने बताए।  उनले भने,’संविधान संशोधन बिना चुनावको कल्पना नगरे पनि हुन्छ, यस्तो अवस्थामा यदि चुनाव भए राजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तो तानाशाही तथा राजतन्त्रवादी चुनाव हुनेछ।’ 

एमालेप्रति मधेसमा वितृष्णा पैदा भैरहेकोले उनको दाबी छ। उनले मधेसमा एमाले बिदाई अभियान प्रारम्भ भएको ठोकुवा गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.