|

काठमाडौं : विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै काठमाडौँ विश्वविद्यालयमा अनेरास्ववियूका विद्याथीहरुले आइतबारबाट अनिश्चितकालिन तालाबन्दी गरेका छन्। सहमति कार्यान्वयनको बिषयमा छलफल गर्न गएका विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।

'स्कुल अफ साइन्स'का डीन कन्यौया झाको राजिनामा माग गर्दै तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष सुपुष्प लामाले जानकारी दिए। ‘हामीले विद्यार्थीमाथि दुव्यवहार गर्ने डिनकाे राजीनामा मागेका हौँ। तर, हाम्रो मागमा वेवास्ता भयो’ अध्यक्ष लामाले भने, ‘त्यसैले हामी अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भयौँ।’ 

विद्यालयका डीनले विगतका सहमति कार्यान्वयन नगर्ने भन्दै विज्ञप्ती हाम्रो च्यातेपछि आफुहरु चरणबन्द आन्दोलनमा उत्रिएको अनेरास्ववियूका विद्यार्थी सुमनराज पौडेलले बताए। विद्यालयको डिनले फोनको भरमा कुरा गरेर आधिकारिक निर्णय भएको बताएपछि विद्यार्थीहरु थप आन्दोलित भएका हुन्।

विद्यार्थीहरुले आफुहरुसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नभएसम्म र स्कुल अफ साइन्सका डिनको राजीनामा नआएसम्म तालाबन्दी नखाेल्ने अडान राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.