|
फाइल फोटो

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, समाजिक तथा राजनीतिक रूपमा शसक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आइतबार राजधानीमा गरेको प्रदेशस्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएका हुन्।

सरकारको अवाला सरोकारवाला सबै संघ संस्था र नागरिक तहबाट निरन्तर लैङ्गिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरू समानताप्रति लक्षित हुनुपर्नेमा उनले जोड दिए। सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उनले समानताबिना लैंगिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए।

उनले लैंगिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताए। लैंगिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कार्वाहीको दायरामा ल्याएर दण्डनीय बाउनुपर्नेमा उनले जोड दिए।

हिंसा अन्त्य गर्दै समानतासहितको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा जुट्न उनले सबैलाई आव्हानसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.