|

सुर्खेत : वीरेन्द्रनगरमा रहेको एसओएस हर्मन माइनर मावि वीरेन्द्रनगर ३ कालागाउँमा कक्षा ९ मा अध्ययनरत मृगौला पिडित विद्यार्थीलाई विद्यालयले १ लाख रुपैयाँ सहयोग गरेको छ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा पुष्पा चौधरी अहिले दुबैै मिर्गाैला खराब भएर काठमाडौंमा उपचाररत छिन्। खर्च अभाव भएपछि उनलाई विद्यालयले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बुधवार विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र एसओएस बालग्राम तथा एसओएस सामाजिक सेवा केन्द्रले संकलन गरेको १ लाख २ हजार ८९० रुपैँया विद्यालयका प्रिन्सिपल हिक्मतबहादुर वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले छात्राका काका प्रेम चौधरीलाई प्रदान गरेका छन्।

छात्रा पुष्पाका काका प्रेम चौधरीले आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको बताए। उनले सहयोगका लागि विद्यालयलाई धन्यवाद दिए। पुष्पाको उपचारका लागि अहिलेसम्म ऋण सापटी र सरसहयोग गरी तीन लाख रुपैयाँ उपचारमा खर्च भैसकेको चौधरीले जानकारी दिए। उनले पुष्पाको बिस्तृत रिपोर्ट आउन बाँकी रहेकोले उपचार खर्चका विषयमा अहिल्यै अनुमान गर्न नसकिने बताए।

गत असारदेखि गम्भीर बिरामी भएपछि पुष्पालाई काठमाडौंमा उपचार गराउँदा दुबै मिर्गाैला खराब भएको पत्ता लागेको थियो। वीरेन्द्रनगर २१ कोलडाँडा बस्ने पुष्पाको पारिवारिक अवस्था कमजोर रहेको छ। त्यसैले उनी अध्ययनरत विद्यालयले पुष्पाको नाममा खाता खोलेर सहयोग अभियान चलाउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.