|

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका छन्। 

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही एकलाख, रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई जनही ३० हजार दिने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

‘खेलाडीको उत्प्रेरणा बढाउने उद्देश्यले मुख्यमन्त्रीले घोषणा गर्नुभएको हो’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर सामाजिक विकास मन्त्रालयबाट रकम हस्तान्तरण गरिने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.