|

  • पेमा लामा-

काभ्रे : काभ्रेको डाँडापारी घर्तीछापमा जिप दुर्घटना भएको छ। डाडापारी तामाङ ल्होसारको कार्यक्रममा सहभागी भएर फर्किदै गरेको जिल्ला कृषि विकास कार्यालयको बा १ झ ५४०८ नम्बरको गाडी घर्तीछाप ८ मैनचारमा पल्टेको हो।

दुर्घटनामा कृषि कार्यालय प्रमुख दुर्गा पण्डित, नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला सेक्रेटरी इन्द्रबहादुर थिङ छिन्ताङसहित गाडी चालक तिलक बस्नेत गम्भीर घाइते भएका काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए। उक्त गाडीमा सात जना सवार रहेका उनले जानकारी दिए।  दुर्घटनाको खबर थाहा पाउने वित्तिकै काभ्रेको गोकुले प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको एसपी थापाले बताए। 

दुर्घटनामा घाइतेहरुको उद्दारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको कानुन मन्त्री अजयशंकर नायकका प्रेस संयोजक वुद्ध लोप्चनले जानकारी दिए। काभ्रे सदरमुकामदेखि टाढा पर्ने सो क्षेत्रमा घाइतेको तत्काल उद्दारका लागि कानुन मन्त्री नायक र नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सूर्यमान दोङले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.