|
तस्बिर: सञ्चारमन्त्रालयको वेबसाइट

काठमाडौं : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संसदमा एक सिट रहेका दललाई पनि सरकारमा सहभागी गराउनु प्रधानमन्त्रीको महानता भएको बताएका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्। मन्त्रिमण्डल विस्तारबारे जिज्ञासा राख्ने क्रममा पत्रकारले हैसियत नभएका दलहरुलाई पनि सरकारमा सहभागी गराउन लागेको भनेका थिए। जवाफमा मन्त्री कार्कीले पत्रकारले दलहरुको हैसियतको कुरा गर्न नमिल्ने बताए।

‘प्रधानमन्त्रीले हैसियत नभएका पत्रकारहरु भन्दा तपाईंहरुले खेद्ने, अनि अहिले तपाईंहरुले दलहरुको हैसियतको कुरा गर्ने ?’ प्रतिप्रश्न गर्दै मन्त्री कार्कीले भने, ‘पत्रकारले दलहरुलाई हैसियत नभएको भन्न मिल्दैन। एक सिट भएकालाई समेत मन्त्री बनाउनु त प्रधानमन्त्रीको महानता हो नि !’

सो अवसरमा उनले मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए।

सम्बन्धित समाचारहरु:

न्याय सेवाका ५ सहसचिवको बढुवा, कसको कहाँ पदस्थापन ?

रेडियो नेपालको कार्यकारी निर्देशकमा कार्की, यस्ता छन् मन्त्रिपरिषद् बैठकका थप निर्णय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.