|

काठमाडौं : कतिपय मिडियाले राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भाव विरुद्धका अभिव्यक्ति र क्रियाकलापलाई प्रोत्सिहत हुने गरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले मिडियाहरुलाई सचेत गराएको छ। 

बिहीबार विज्ञप्ति जारी गरी काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले कतिपय मिडियाको कभरेजप्रति 'गम्भीर ध्यानाकर्षण भएको' उल्लेख गरेका छन्। यस्ता समाचार सामग्री सम्प्रेषण नगर्न नगराउन उनले मिडियाहरुलाई सचेत गराएका छन्।

विज्ञप्तिमा कसैको नाम नलिइकनै 'मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्‍भावका विरुद्ध केही व्यक्तपले दिएका अभिव्यक्ति र क्रियाकलापलाई केही मिडियाले प्रोत्साहित गर्ने तरिकाले समाचार सामग्री सम्प्रेषण गरेको' भनिएको छ।

'मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र समाजिक सद्‍भावलाई आँखाको नानी झैँ संरक्षण र सम्बर्द्धन गर्नका लागि आमजनतालाई सजग बनाउनु राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको हम् दायित्व हो तर त्यसको विपरीत समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार आचारसंहिता, २०७३ को दफा ५ (१) को उल्लंघन हुने हुँदा त्यस्ता समाचार सामग्री सम्प्रेषण नगर्न नगराउन प्रेस काउन्सिल नेपाल सम्बद्ध मिडियालाई सचेत गराउँदछ', विज्ञप्तिमा भनिएको छ।

स्वतन्त्र मधेसका नाममा तराई मधेस क्षेत्रमा सक्रिय डा. सिके राउतका गतिविधिबारे कतिपय समाचार पोर्टलले समाचार प्रकाशित गरेपछि प्रेस काउन्सिलले विज्ञप्ति निकालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.