|

काठमाडौं :  मिस वर्ल्ड – २०१९ मा मिस नेपाल अनुष्का श्रेष्ठले दुईवटा उपाधि जितेकी छिन्।

मिस वर्ल्डको ताज भने जमैकाकी टोनी एन सिंहले परिरिएकी छिन् । मिस नेपाल अनुष्का सेमिफाइनल अर्थात् टप–१२ सम्म पुगेर बाहिरिएकी हुन्। उनले ‘ब्युटी विथ  पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ जितिन्।

सन् २०१८ को मिस वर्ल्डमा सहभागी तत्कालीन मिस नेपाल शृंखला खतिवडाले पनि दुवै उपाधि जितेकी थिइन्। यस वर्ष टप–१२ मा क्रमशः केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कुक आइल्यान्ड्सका सुन्दरीहरू परे।

श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत दुईवटा अवार्ड जिताउन भोटिङ गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। ‘भिजिट नेपाल २०२० र नेपाललाई विश्वमा चिनाउन सक्दो प्रयास गर्नेछु, सबैलाई धेरै–धेरै धन्यवाद,’ उनले भनेकी छिन्, ‘मिस वर्ल्डको टप–५ मा पुग्न सफल भइनँ, मैले आफ्नो तर्फबाट राम्रो गरेँ। हामी गोर्खाली सधैँ र जहाँ पनि राम्रो गर्ने प्रयास गर्छौं।’ मिस वल्र्डमा मिस फ्रान्सले फस्ट रनरअप र मिस  इन्डियाले सेकेन्ड रनरअपको उपाधि हात पारे। टप–५ मा नाइजेरिया, ब्राजिल, भारत, जमैका र फ्रान्सका सुन्दरीहरू पुगेका थिए। प्रतियोगितामा एक सय ११ देशका सुन्दरी सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.