|

काठमाडौं : देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ। 

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युदण्डको सजाय सुनाएको हो। उनले सन १९९९ मा नवाज सरिफ प्रधानमन्त्री भएका बेला सैनिक बल प्रयोग गरी सत्ता हातमा लिएका थिए । यद्यपि त्यो रक्तपात विहिन सैनिक कु थियो।परवेजले सैनिक बलमा सत्ता लिएपनि पछिल्लो समयमा निर्वाचनका माध्यमबाट राष्ट्रपति भएर सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए ।

हाल उनी संयुक्त अरब इमिरेट्सको दुवईमा निर्वासित जीवन बिताउदै आएका छन् । उनी त्यहाँ बिरामी भएर उपचाररत रहेको बताइएको छ ।

३ नोभेम्बर २००७ मा संकटकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो। स्मरणीय छ सन् १९७३ देखि १९७७ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका जुल्फिकर अलिभुट्टोलाई जियाउल हकले सैनिक शासन लगाए पछि तत्कालिन अदालतको आदेश अनुसार हत्याको अभियोगमा सन् १९७८ मार्च १८ मा मृत्युदण्ड दिइएको थियो । 

सन १९४७ मा पाकिस्तान स्थापना भएदेखि नैं प्राय गरेर असंवैधानिक तवरबाट सत्ता कब्जा गर्ने र बदलाको राजनीति हुदै आएको छ ।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.