|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका बाँदरको आतंक बढेको भन्दै नियन्त्रण गर्न बजेट विनियोजन गरेको जनाएको छ।

खाँदबारी नगरपालिका क्षेत्रका सबैजसो वडामा बाँदरको आंतक बढेपछि स्थानीयले नियन्त्रणका लागि पटक-पटक दबाव दिएका थिए। स्थानीयले यसअघि नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालय घेराउ गर्दे बाँदर नियन्त्रण गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए।

नगर क्षेत्रभित्र बाँदर आंतक बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिए। नगरप्रमुख खतिवडाले भने 'नगरपालिकाको नगरसभाको निर्णयबाट नै बाँदर नियन्त्रण कार्यको अध्ययन गर्न दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।'

कृषकका खेतबारीमा लगाएका अन्नबाली कलिलो अवस्थामै बाँदरले सखाप पारिदिने गरेको कार्यपालिका सदस्य सुनिता कार्कीले बताइन्। बराइँसराइले गाउँ वस्ती वरिपरि जंगल बढेकाले पनि बाँदर बढेको उनको भनाइ छ। बाँदरले हिउँदमा भन्दा पनि बर्खा आयमको समयमा लगाएको मकै बारीमा पसेर कलिलोमै सखाप पारिदिने गरेको छ।

बाँदरले मकै धान, सुन्तला, फलफूल, तरकारी, अलैँची, बेसारजस्ता अन्नबालीमा पसेर आंतक मच्चाउन गरेको छ। बाँदरले वर्ष दिन पुग्ने मकै, धानजस्ता अन्नबाली  छिनभरमै तहसनहस पारिदिने गरेको कृषकको भनाइ छ। स्थानीयको आग्रहपछि खाँदबारी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको खाँदबारी नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.