|

चितवन : पूर्वीचितवनको एक प्लाइ उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका-६ पम्फा पुलनजिकै रहेको ओम शिव मिल एण्ड भेनियल उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राम उप्रेतीले सञ्चालन गरेको प्लाइ उद्योगमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय आगो नियन्त्रणमा खटिएका थिए।

शुक्रबार दिउँसो साढे ३ बजे लागेको आगो खैरहनी नगरपालिकाको २ वटा र भरतपुर महानगरपालिकाका १ वटा दम्कलको प्रयासमा साँझ ५:२० बजे नियन्त्रणमा आएको प्रहरीले जनाकारी दिएको छ। क्षतिको विवरण आउन बाँकी रहे पनि लाखौँको क्षति भएको स्थानीयको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.