|

काठमाडौं : भक्तपुर भत्केकोपाटीस्थित रातो भाले रिसोर्टमा कौडा खेलिरहेका २० जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रहरी टोलीले उनीहरुबाट सात लाख ५२ हजार आठ सय ५० रुपैयाँ पनि बरामद गरेको छ।

प्रहरीले कौडा खेलिरहेका काभ्रे फुलवारीका २८ वर्षीय हिरा वाइवा, रामेछाप मन्थलीका २९ वर्षीय राजकुमार लामा, सिन्धुपाल्चोक भारविङका २२ वर्षीय देवेन्द्र दुलाल, ४९ वर्षीय कृष्णप्रसाद गाइजु, सिन्धुपाल्चोक तातोपानीका २२ वर्षीय लाक्पा तामाङ, सूर्यविनायकका ४३ वर्षीय लक्ष्मण सुलुखु, कमलविनायकका ४१ वर्षीय शम्शेर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसैगरी प्रहरीले रिसोर्टका संचालक काभ्रे दोलालघाटका २८ वर्षीय कुमार खत्री, भक्तपुर चोछेका २९ वर्षीय रामप्रसाद सुवाल, २७ वर्षीय मोहनकृष्ण शाही, ३८ वर्षीय जयराम अग्रवाल, ३८ वर्षीय रोशन सुवाल, काभ्रे फुलवारीका २१ वर्षीय कुमार लामा, काभ्रे देउपुरका ३७ वर्षीय सागर लामिछानेलाई पनि नियन्त्रणमा लिएको छ।

यस्तै नगरकोटका २६ वर्षीय कर्ण तामाङ, काभ्रे खापाचोकका ३२ वर्षीय विनय तामाङ, चितवन भण्डाराका २९ वर्षीय एलिसा सेडाई र भारत सिक्किम घर भई बालकोट बस्ने २८ वर्षीया कृष्टी मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.