यस कारण निजगढको विकल्प अरू विमानस्थल हुन सक्दैनन्

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेशकुमार भट्टराईले सन् २०१९ भित्रै प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने विषय पटकपटक दोहोराएपछि उत्साहित निजगढ बासीहरू पछिल्लो समयमा सरकारमा देखिएको अन्योलता, सर्वोच्च अदालतले यथास्थितिमा राख्‍न दिएको आदेश र आवश्‍यकताको विषयमा पनि प्रश्‍न उठेपछि तर्सन थालेका छन्।

विस २०५१ सालमा विभिन्न आठ क्षेत्रको अध्ययनपश्‍चात सबैभन्दा उपयुक्त स्थानको रूपमा छनोट गरिएको, २०५४ सालमा लागत अनुमानसहितको अध्ययन गरिएको, सम्भाव्यत अध्ययन गर्न कोरियन कम्पनीलाई जिम्मा दिने निर्णय गरेको र २०६८ मा सम्भाव्यता अध्ययन प्रतिवेदन समेत आइसकेको अवस्थामा फेरि आवश्‍यकताका विषयमा चर्चा हुन थालेको हो।

विमानस्थल सरोकार समितिले नागरिक उड्ययन प्राधिकरणका पदाधिकारी, विभिन्न क्षेत्रका विषय विज्ञका साथै प्रदेश २ का सांसदलाई राखेर यसको लाभको विषयमा शनिबार छलफल गरेको हो। त्रिभुवन विमानस्थल, भैरहवा र पोखर विमानस्थल पनि अन्तर्राष्ट्रिय विमानस्थल भएको सवालमा यो विमानस्थलको के आवश्‍यकता, प्रयावरणीय असर र रूख कटानको विषयमा उठेको प्रश्‍नको सम्बन्धमा छलफल थालिएको हो। 

यस कारण निजगढको विकल्प अरू हुन सक्दैन

नेपाल नागरिक उड्‍यन प्राधिकरणले निजगढ विमानस्थलको विकल्प काठमाडौं विमानस्थल, पोखरा वा भैरहवा हुन नसक्ने औँल्लाएको छ। त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू भइरहे पनि यो विमानस्थल अन्तर्राष्ट्रिय गुणस्तरको नहरेको प्राधिकरणका महानिर्देश राजन पोखरलेको भनाइ छ।

'ठूला जेट विमानहरू पूर्णरूपमा संचालन हुन नसकेकाले आर्थिक रूपमा मितव्ययी हुन सकेको छैन' पोखरलेलले भने 'ठूला विमान सोझै उडान गर्न नसक्ने दक्षिण र उत्तरतर्फ उड्न तौलको सीमा र उडान गर्ने जटिल प्रस्युडरको कारण क्षमताभन्दा कम वायुयान संचालन भएको छ।'

उनले त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्ने खालको नभएको दाबीसमेत गरे। 'यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भइरहे पनि उडान गर्ने मोडालिटीको छैन, त्यसैले पनि नजगढको आवश्‍यक निरन्तर रहिआएको छ' पोखरेलले भने। 

पोखरेलले भारतीय सीमाबाट नजिक रहेको र काठमाडौंबाट टाढा रहेको कारण भैरहवा विमानस्थल पनि निजगढको विकल्प हुन नसक्ने बताए। 'भारतीय सिमानाबाट नजिक र थप धवनमार्ग बढाउन सक्ने सम्भावना नरहेकोले पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने सम्भावना छैन' पोखरेलले भने।

त्यस्तै, पोखरा विमानस्थल पनि त्रिभुवन विमानस्थलको भौगलिक स्वरुपमा कारण निजगढ पोखर विमानस्थल पूर्ण क्षमतचाको अन्तर्राष्ट्रिय विमानस्थल हुन नसक्ने दाबी गरिएको छ। 

नागरिक उडड्‍यन प्राधिकरणले पछिल्लो नौ वर्षमा अन्तर्राष्ट्रिय उडान नेपालमा बढ्दो रहेको भन्दै चाप बढेको अवस्थामा छिटो समाधान गरिनु पर्ने जनाएको छ। पछिल्लो नौ वर्षमा काठमाडौंबाट आान्तरिक उडनामा १०७ प्रतिशत र अन्तर्राष्ट्रिय उडानमा ११४ प्रतिशत यात्रु बढेका छन्।

त्यस्तै, वनजंगल मासिने सवालमा पनि ठूलो असर नपर्ने दाबी प्राधिकरणको रहेको छ। नेपालको जंगल वार्षिक वृद्धिदर ०.८ प्रतिशत भइरहेको अवस्थामा निजगढ विमानस्थलको लागि आवश्‍य जंगल ०.१२ प्रतिशत मात्रै भएको क्यानको दाबी रहेको छ। 

अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले विमानस्थलले नेपालको पर्यटन क्षेत्रको सुधारमा सहयोग पुर्‍याउने र आर्थिक क्रियाकलपा बढ्ने बताए।

पूर्वसचिव वीरेन्द्र देउजाले निजगढ विमानस्थल अबको २० वर्षपछि धकेलिएमा बनाउने सम्भावना पूर्णरूपमा अन्त्य हुन सक्ने बताउँदै समयमै बनाउनु पर्ने बताए। उनले काठमाडौंमा काग्रोहरू आउन नसकेको अवस्थामा निर्यात प्रवर्द्धनको लागि पनि ठूलो विमानस्थल आवश्‍यक रहेको बताए। 'हामीले अध्ययन गरेसँगै काम शुरू गरेको भए अहिलेको समस्या आउने थिएन होला, अब २० वर्ष धकेलियो भने बनाउने सम्भावना नै सकिन्छ'  देउजाले भने। 

क्याप्टेन विजय शाहले अन्तर्राष्ट्रिय उड्यनको हिसाबले काठमाडौं विमानस्थल उपयुक्त नभएको कारण निजगढ विमानस्थल अपरिहार्य रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.