|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपािलका–४ शुक्रबारे बजारको सडकमा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ।

सडकबीचमा रहेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको जनाएको छ। घटनास्थलमा खतराको संकेत रातो झण्डा राखिएको छ।

धनुषाको महेन्द्रनगरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद वस्तु भेटिन थालेको छ। यसयघि चार ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.