|

काठमाडौं : पोखरा प्रिमियर लिगको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दैछन्।

शनिबार बिहान साढे ११ बजे पोखरा क्रिकेट रंगशालामा हुने पीपीएलको फाइनल प्रतिर्स्धामा पहिलो पटक उपाधि उचाल्दै इतिहास बनाउनु दुवै टोलीको लक्ष्य हुनेछ।

गत संस्करणको उपविजेता चितवन जारी संस्करणमा अपराजित यात्रा कायम गर्दै फाइनल प्रवेश गरेको हो। फाइनलमा पुगेको अर्को टोली विराटनगरले पनि यो सिजनको पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। गत वर्षको विजेता पोखरा पल्टनले यस वर्ष जम्मा एउटा खेलमा मात्रै जित निकाल्न सकेको थियो।

गत मंसिर २९ गतेदेखि शुरु भएको टी–ट्वेन्टी फ्रेन्चाईज प्रतियोगितामा ६ वटा टोली सहभागी थिए। चितवन र विराटनगरसहित पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढीले प्रतियोगितामा सहभागीता जनाएका थिए। 

प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक–एक थान टीभीएस मोटरसाइकल समेत प्रदान गरिने छ। 

प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख रुपैयाँ तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.