|

पर्वत : बोनम्यारो र रक्तक्यान्सरबाट पीडित म्याग्दी भगवती–३ कि सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि बेलायतमा रहेका म्याग्दीका राखु पिप्ले र भगवती गाविसका बासिन्दाहरुले दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

सीताको उपचारको लागि लाखौँ रुपैयाँ लाग्ने भएपछि युकेमा रहेका राखुबासीहरुले उक्त रकम सहयोग गरेका हुन्। राखु नेप्लिज कम्युनिटी युकेले यस अगाडि पनि राखु र म्याग्दीमा प्राकृतिक प्रकोपबाट पीडित भएका, उपचार गराउन नसकेका बिरामी, आगलागी पीडित, आर्थिक संकटमा परेका विद्यालयहरुलाई आर्थिक सहयोग गरेको थियो। क्षेत्रीको उपचारको लागि यस सहित अहिलेसम्म ३८ लाख रुपैयाँ सहयोग संकलन भएको छ।

गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियान अन्तर्गत संकलित रकम मार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ। करिब एक महिनादेखि टिचिङ अस्पतालमा उपचार गराइएकी क्षेत्रीलाई बोनम्यारो प्रत्यारोपणको लागि थप उपचार गर्न अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको छ।

बोन म्यारो र रक्तक्यान्सको उपचारमा न्युनतम ७० लाख बढी खर्च लाग्ने भएपछि उनको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका राखुबासी र म्याग्देलीहरुले सहयोग जुटाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.