|

इनरुवा : अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेका कृष्ण बहादुर गिरि, कृष्णदास उर्फ सिद्ध बाबाको आइतबारको थुनछेक बहस हेर्दाहेर्दैमा गएको छ। कृष्णदास तर्फका वकिलहरुको बहस नसकिएपछि पुन स्सोमबारका लागि सारिएको छ।

आइतबार बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिलातर्फका वकिलहरुको बयान सकिसकेको छ। तर गिरीको बहस नसकेकोले भोलिका लागि सारिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका वकिलहरुको बहस सुरु भएको थियो।

अदालतबाहिर निषेधाज्ञा जारी गरेर सुरु गरिएको बहस जवर्जस्ती करणीको अभियोग लागेका कृष्णबहादुर गिरी तर्फका ५ जना वकिलमध्ये तीन जनाको मात्र बहस गरेका थिए।

गिरीको थुनछेक बहसमा हुलहुज्जत हुने भएपछि अदालत बाहिर निषेधाज्ञा जारी गरिएको थियो।  शुक्रबार अदालतले बयान लिन क्रममा देखिएको धर्ना कार्यक्रम आइतबार पनि उस्तै थियो। सिद्धबाबाको पक्षका राम राम र हनुमान चालिसा भजन गाएर बसे भने अर्का समूह महिलाहरु भने कारवाही हुनु पर्ने मागसहितको आन्दोलन भएको थियो।

गाडी नै रिजर्भ गरेर गिरीका समर्थकहरु दशै बजे अदालत बाहिर आएका थिए। गिरीलाई एघार बजे एम्बुलेन्सबाट अदालतमा हाजिर गराइएको थियो भने लग्दासमेत एम्बुलेन्समै अस्पताल फिर्ता पठाइएको छ।

फोन रेकर्डकै कारण जेल

बलात्कार मुद्दाका आरोपी गिरी पुर्पक्षका लागी जेल जाने लगभग पक्का रहेको पीडित तर्फका वकिलहरुले बताए। पीडितको तर्फबाट थुनछेक बहसमा सहभागी भएका वकिलहरु अस्विनी भट्टराई र निराजन ओझाले सिद्धबाबा जेल जाने सम्भावना धेरै रहेको बताउँछन्।

बलात्कार मुद्दाको मूलप्रमाणको रुपमा पिडित महिलाले दिएको जाहेरी रहेको वकिलहरु बताउँछन्। 'मूलप्रमाण जाहेरी हो,प्रमाण ऐनले पनि जाहेरीलाइ मुख्य प्रमाण मान्छु ति वकिलले भने 'थप प्रमाण उनले माफ मागेको आवाज नै हो,जुन रेकर्डले आरोप प्रमाणित गर्दछ।'

वकिलहरुको अनुसार करणी भएको लामो समयसम्म जाहेरी नपरेकाले स्वास्थ्य रिपोर्ट बाट भने बलात्कार ठहर हुने ठाउँ देखिँदैन। तर सिद्धबाबा आफैँले फोन गरेर माफ मागेकै अडियो रेकर्ड नै अदालतको आरोप प्रमाणित गर्ने मुख्य आधार बन्ने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.