|

दमक : लिम्बुवान प्राप्तिको आन्दोलनमा लामो समयदेखि सक्रिय नेता कमल छाराहाङको नेतृत्वमा अरुणपूर्व नौ जिल्लामा लिम्बुवानको मागसहित नयाँ पार्टीको जन्म भएको छ। आज झापाको दमकमा एक कार्यक्रमको आयोजना गर्दै लिम्बुवान मुक्तिमोर्चा (संघीयवादी) पार्टी घोषणा गरियो।

लिम्बुवान राज्य लागि जनक्रान्तिको माध्यमबाट शान्तिपुर्ण आन्दोलन गर्न नयाँ पार्टी घोषणा गरिएको छाराहाङले बताए। यससँगै पूर्वमा छुट्टै लिम्बुवान राज्य माग गर्ने पार्टीको संख्या ३ पुगेको छ। 

मुक्तिमोर्चा (संघीयवादी) का संयोजक कमल छराहाङ चार महिनाअघिसम्म संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेता थिए। उनले गत असोज ४ गतेदेखि ८ गतेसम्म भएको पहिलो एकताको महाधिवेशनका दौरान पार्टी परित्यागको घोषणा गरेका थिए। 

संघीय लिम्बुवान पार्टीमा संर्किण र जातिवादी सोच बढेका कारण नयाँ पार्टी स्थापना गर्नुपरेको उनले बताए। उनले नयाँ पार्टीमा अन्य पार्टी तथा संघीय लिम्बुवान पार्टीका असन्तुष्ट नेता–कार्यकर्तालाई समेत समेट्ने बताए। लिम्बुवान स्वायत्तता प्राप्तिका लागि नयाँ राजनीतिक शिराबाट आन्दोलन उठाउन पार्टी स्थापना गरेको उनले बताए। 

२०७१ साल असोज १९ गते धनकुटाको भेडेटारमा पाँच लिम्बुवान घटकबीच भएको एकतापछि लिम्बुवान पार्टीहरु पटक–पटक विभाजित भएका छन्। यसअघि संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले पार्टी फुटाएर एकता पूर्वको पुरानो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई निरन्तरता दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.