काठमाडाै : आन्दोलन गर्न काठमाडाैं आइपुगेका किसानहरुले आफूहरूलाई उखुको बक्याैता भुक्तान नगरेसम्म व्यापारीलाई उद्योग चलाउन नदिन सरकारसँग माग गरेका छन्।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष ११ बुँदे माग पेश गर्दै उखु किसानहरुले रकम भूक्तानी गरेपछि मात्रै उद्याेग चलाउने अनुमति दिन सरकारसँग माग राखेका हुन्।
गत शनिबारदेखि काठमाडौँको माइतीघर मण्डलामा भेला भएर आन्दोलन सुरु गरेका उखु किसानहरु मन्त्री भट्टले बोलाएपछि उद्योग मन्त्रालय पुगेका थिए। आन्दोलनरत किसानले उद्योगमन्त्रीलाई उखु किसान संघर्ष समिति सर्लाहीको तर्फबाट ११ बुँले माग पेश गरेका हुन् ।
१) २०७० देखि २०७६ सम्मको सम्पूर्ण किसानहरुको रकम भूक्तानी दिनुपर्ने,
२) नेपाल सरकारले दिनुपर्ने अनुदान रकम ६५/२८ पैसा विनाशर्त तत्कालै किसानको खातामा जम्मा गर्नुपर्ने,
३) नेपाल सरकारले तोकेको उखुको मूल्य प्रतिक्वीन्टल रु५३६/५६ पैसा भूत्तानी किसानले पाउनु पर्ने,
४) उखु मिलले ढाला काटेको ५ प्रतिशतदेखि २० प्रतिशत पनि किसानले भूक्तानी पाउनुपर्ने, नियममा १ प्रतिशत मात्रै काट्नुपर्ने उल्लेख छ ।
५) नेपाल सरकारले किसानलाई उन्नत मल, बीउ, खाद्य तथा सिंचाई सुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने,
६) किसानको उखु तौल भएको मितिले १५ दिन भित्र सबै उखुको रकम भूत्तानी उद्योग र सरकारले दिनुपर्ने,
७) २०७६/०७७ उखु सिजनको भूक्तानी ५३६.५६ पैसा एकैसाथ हुनुपर्ने,
८) सम्पूर्ण किसानहरुको रकम भूक्तानी गरेपछि मात्रै उद्योग सञ्चालन गर्नुपर्ने,
९) उखुको बिमा उद्योग र सरकारले गर्नुपर्ने,
१०) किसानले उत्पादन गरेको सम्पूर्ण उखु खरिद गर्नुपर्ने नगरे उद्योगले क्षतिपूर्ति दिनुपर्ने, र
११) उखु काटेको ३६ घण्टा भित्रमा तौल गरी सक्नुपर्ने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।