|

अर्घाखाँची : प्रदेश-५ को पहाडी जिल्ला अर्घाखाँचीमा मन्दिरमा घण्ट हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ।

प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दल प्रदेश-५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका-३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरेकी हुन्।

सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न आउने पर्यटकलाई मालारानीसम्म लैजाने वातावरण बनाउनु पर्नेमा जोड दिइन्। मालारानी मन्दिर वरपर पर्यटक आकर्षण गर्ने मनोरम वातावरण छ, तर चाहे जस्तो हुन सकेको छैन, पर्यटन क्षेत्रको विकासका लागि सबैतिर पूर्वाधार विकासमा जोड दिनुपर्छ,’ उनले भनिन्।

भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले गरिएको कार्यक्रममा बोल्दै सचेतक क्षेत्रीले आन्तरिक तथा बाहृय पर्यटकलाई नेपालको कला, संस्कृति र इतिहाससग जोड्नुपर्ने बताइन्।

मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले समग्र मालारानीको विकासका लागि पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताए। उनले लुम्बिनी आएका पर्यटकलाई मालारानी मन्दिर क्षेत्रको दर्शन गर्ने गरि विकाशको तयारी भइरहेको बताए।

मुलुकको समग्र विकासका निम्ति धर्म र संस्कृतिलाई पर्यटन क्षेत्रसँगै जोड्नुपर्ने काठमाडौंको पशुपति अन्नपूर्णा आश्रमका संस्थापक प्राध्यापक डा.जगदिश वैद्यले बताए।

काठमाडौंको पशुपति अन्नपूर्णा आश्रमले घण्ट सहयोग गरेको थियो। प्राध्यापक डा. वैद्यलगायतको टोलीको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिलाई घण्टा हस्तान्तरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.