|

बैतडी : भ्रमण वर्ष २०२० को बैतडीमा पनि भब्य रुपमा शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट नेपाल आएका पहिलो पर्यटकलाई स्वागत गरिएको हो। 

पहिलो पर्यटकलाई बाजागाजासहित नेपाली टोपी, खाँदा र फूलमाला लगाएर स्वागत गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। यसका साथै सीमामा स्वागतद्वार पनि निर्माण गरिएको छ।  

उद्घाटन समारोहमा प्रजिअ अधिकारीले भारतसँग रोटीबेटीको सम्बन्ध रहेकोले भारतीय पर्यटकलाई नेपाल कुनै पनि किसिमको समस्या बताए।  उनले भने,'बैतडीमा थुप्रै धार्मिक तथा पर्यटकीयस्थलहरू रहेकोले ती स्थलहरूमा पर्यटकलाई घुम्ने वातावरण मिलाउन आवश्यक छ।' 

'घुम्न जाऔं दशरथचन्द ' अभियानको पनि आजै सुभारम्भ गरिएको छ। भारतसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाले उक्त अभियानको सुरुवात गरेको हो।  दशरथचन्द नगरपालिकामा थुप्रै धार्मिक पर्यटक आउने र धार्मिक स्थानमा पुग्ने रुटको बारेमा जानकारी गराई पर्यटकको संख्यामा वृद्धि हुने नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए।

बैतडीमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी,पातालभुवनेश्वर, रौलाकेदार,सिगासधुरा, ग्वाल्लेक केदार लगायतका  धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ। 

प्याराग्लाइडिङ पनि सुरु 

यसैबीच भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुधबार बैतडीमा प्याराग्लाइडिङ पनि सुरु गरिएको छ। बैतडी अमेजिङ एडभेन्चर प्रालिले औपचारिक रुपमा प्याराग्लाइडिङ सुरु गरेको हो। पाटनको जोलाबाजदेखि कृष्णमाविको मैदानमा नियमित रुपमा प्याराग्लाइडिङ  प्रालिका अध्यक्ष कृष्णप्रसाद जोशीले जानकारी दिए। उक्त क्षेत्रमा यसअघि नै सफल परीक्षण समेत भएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले प्याराग्लाइडिङले बैतडीमा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए। उनले भ्रमण वर्ष २०२० लाई समेत प्याराग्लाइडिङले सहयोग पुग्ने  बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.