|

बारा : नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को निजगढमा भव्यताका साथ शुभारम्भ भएको छ।

निजगढ नगरपालिकाको मुख्य सहयोग र निजगढका बिभिन्न संघ संस्थाहरुको सहकार्यमा निर्मित मूल समारोह समितिको आयोजनामा सम्पन्न  कार्यक्रममा निजगढका पर्यटकीय गन्तव्यहरुको परिक्रमा गरिएको थियो। राईड टु निजगढ कार्यक्रम मार्फत नगरको १३ वटै वडाहरुको भ्रमण गरिएको हो।

कार्यक्रममा बारा र मकवानपुरका ६० जना साईकलयात्रीहरु,२५५ जना मोटरसाईकलयात्री र जLप मार्फत पर्यटकीय गन्तव्यहरुको भ्रमण गरिएको थियो। कार्यक्रममा प्रदेश २ को एकमात्रै निजगढ भ्यू टावर,हिरालालपार्क, गणेशमान पार्क,प्रदेश २ को एकमात्रै लामा भाषा पाठशाला पल्युल साम्तेलिङ्ग गुम्बा, शक्तेश्वर महादेव मन्दिर र झरना परिसरको यात्रा गरेर नगरको पर्यटकीय गन्तव्यहरुको प्रचार गरिएको थियो। निजगढका मेयर सुरेशकुमार खनाल र उपमेयर लिलादेवी लामिछाने खनालले साईकलयात्रिहरुलाई राष्ट्रिय झण्डा प्रदान गरेर कार्यक्रमको उद्घाटन गरे।

होटेल तथा पर्यटन व्यवसायी संघ निजगढका अध्यक्ष प्रभात सिग्देलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेयर र उपमेयरसहित होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का सल्लाहकार युवराज लामा, होटेल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेलगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

नगर क्षेत्रको पर्यटन विकास गर्नका लागि भ्रमण वर्षको शुभारम्भ अवशरमा आयोजित यस कार्यक्रमले पर्यटन क्षेत्रमा योगदान पुग्ने निजगढका मेयर सुरेश कुमार खनालको विश्वास छ ।  मेयर खनालले नगरपालिकाले पर्यटन प्रवर्धन गर्नकालागि आवश्यक भौतिक संरचना निर्माण लगायत प्रचारप्रसारको कार्यलाई पनि तीव्रता दिने बताए।

भौगोलिक बनावट र गन्तव्यको हिसाबले निजगढ प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको दाबि गर्दै मेयर खनालले कार्यक्रम मार्फत यसको विकासमा थप मद्धत पुग्ने बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.