काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु टुङ्गो लगाएको छ। पार्टीको शुक्रवार बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो।
उम्मेदवारमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि परेका छन्। उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ। त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन्।
प्रदेश १
इन्दु गौतम, (महिला)
गोपी अछामी, दलित
देवेन्द्र दाहाल, अन्य
प्रदेश २ मा
तुलसा दाहाल, महिला
राधेश्याम पासवान, दलित
प्रदेश ३ मा
गंगा बेल्वासे, महिला
बेदुराम भुषाल, अन्य
गण्डकीमा
नारायणकाजी श्रेष्ठ, अन्य
भगवती न्यौपाने, महिला
प्रदेश ५
विमला घिमिरे, महिला
जगप्रसाद शर्मा, अपांगता अल्पसंख्यक
गोपाल भटटराई, अन्य
कर्णालीमा
मायाप्रसाद शर्मा, अन्य
सुमित्रा बिसी, महिला
सुदुरपश्चिममा
तारामान स्वार, अन्य
शारदा भट्ट, महिला
तपाईंको ईमेल गोप्य राखिनेछ ।