|

इटहरी : इटहरी उपमहानगरका वरिष्ठ इञ्‍जिनियर अर्जुन दाहालले पदबाट राजीनामा दिएको पत्र सार्वजनिक भएको छ। केहीदिन अगाडि इटहरीको भाटभटेनीको भवनमा कानुन छल्दै अनुमति दिएको घटना बाहिर आएलगत्तै इञ्‍जिनियर दाहालले राजीनामा दिएका हुन्। यद्यपि, दाहालले उपप्रमुख लक्ष्मी गौतमले आफ्नो कार्यसम्पादनमा गम्भीर मतभेद राखेको भन्दै राजीनामामा उल्लेख गरेका छन्।

यसअघि इटहरीमा भाटभटेनीलाई सुटुक्क भवन निर्माणको इजाजत, उपमहानगरविरुद्ध अख्तियारमा उजुरी शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएको थियो।

राजीनामा पत्रमा विभिन्न विषयमा उपप्रमुखले मुद्दा हाल्ने जस्तो आपत्तिजनक कुरा गरेपछि काम गर्न नसक्ने उल्लेख छ। भाटभटेनी निर्माण नक्सा पासको सिफारिस दिने समितिको संयोजक अर्थात् उपप्रमुख लक्ष्मी गौतमलाई थाहै नदिईइ भाटभटेनीलाई नक्सा अनुमति दिएको आरोप इञ्‍जिनियरलाई थियो।

इटहरीको भवन ऐन २०७५ को दफा २४ मा उपमेयर संयोजक भएको निरीक्षण समितिमा प्रमुख प्रशासकीय अधिकृतलगायत स्ट्रक्चर इञ्‍जिनियरसमेत हुन्छ। इजाजत दिँदा सम्बन्धित १६ नम्बर वार्डको वडाध्यक्षलाई संयोजक बनाएर भाटभटेनीलाई इजाजत दिएको थियो। तर, भवन निर्माणसम्बन्धी ऐनले भने उपप्रमुखबाहेक अन्यले सो समितिको संयोजक बन्न पाउने प्रावधान नै राखेको छैन।

बाटोमै निर्माण सामग्री राखेर काम गर्दा जनताको गुनासो आएपछि उपप्रमुख गौतमले भाटभटेनी फायल मगाएपछि निर्माण अनुमति दिएको थाहा पाएको बताउँदै आएकी छिन्। आफ्नो अनुपस्थितिमा बिना अधिकार पास गरेको नक्सा अहिले गौतमले नै राखेकी छिन्।

इटहरीमा भाटभटेनीलाई सुटुक्क भवन निर्माणको इजाजत, उपमहानगरविरुद्ध अख्तियारमा उजुरी

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.