छलफलबाटै उम्मेदवार छनाेट गरिएकाे देउवा पक्षकाे भनाइ

|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व बढ्दो छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विवादले केन्द्रीय समितिको बैठक पनि राम्रोसँग बस्न सकिरहेको छैन। यद्यपि, सभापति देउवाले पेलेरै केही निर्णयहरू गरिसकेका छन्।

पार्टीको महाधिवेशन एक वर्ष पछाडि धकेलेको र विधानविपरीत विभागहरूको संख्या थप गरेको भन्दै निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने रामचन्द्र पौडेल पक्षको अडान यथावत छ। पौडेल पक्षको असहतिका बाबजुत शनिबार राष्ट्रियसभा सदस्यको उम्मेदवारहरूको चयन भएको छ। सभापति देउवा पक्षका नेताहरूले पौडेल पक्षसँग पनि छलफल गरेरै शनिबारको पदाधिकारीको बैठकले उम्मेदवार चयन गरेको दाबी गरेको छ। 

सभापति देउवा पक्षले छलफल गरेर नाम टुंग्याएको बताए पनि पौडेल समूहका नेता हृदयराम थानी भने पौडेल पक्षसँग कुनै पनि छलफल नभएको बताउँछन्। ‘हामीसँग कुनै छलफल भएको छैन। रामचन्द्र पौडेल चितवन हुनुहुन्छ,’ उनले थाहाखबरसँग भने, ‘यहाँ हामीलाई छलफलको लागि बोलाइएको छैन। उहाँहरूले त अस्ति ११ गतेको बैठकमा पनि छलफल गरेरै निर्णय भएको हो भन्दै आउनु भएको छ नि!’ 

सभापति देउवा पक्षका नेता एनपी साउदले भने सबै पक्षसँग छलफल भएर मात्र अन्तिम नामावली आएको बताए। ‘सबैसँग छलफल भएरै नामावली आएको हो। पौडेल पक्षका नेताहरू बैठकमा नभए पनि छलफल भएको छ’ उनले भने। 

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश-२ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको छ। माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि भोलि उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका छ।

यी हुन् कांग्रेसका उम्मेदवार

प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यकरअपाङ्गता

प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

गण्डकी प्रदेश
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखााची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बााके) अल्पसंख्यकरअपाङ्गता

कर्णाली प्रदेश
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

सदुरपश्चिम प्रदेश
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली)महिला
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.