|

मुगु : छयानाथ रारा नगरपालिका-१४ बाम रोल्का गाउँमा शनिबार राति आगलागी भएको छ। आगलागीमा दुई घर, पशुचौपाया र फलफूललगायत जलेर नष्ट भएका छन्। आगलागीमा दानबहादुर बढुवाल र तीर्थबहादुर बुढाको घर पशुचौपाया र फलफूल जलेर नष्ट भएको हो।

राति एक्कासि आगलागी भएको र आगलागीमा परी स्थानीय दानबहादुर बढुवाल र तीर्थ बुढाको घरसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ। आगलागी के कसरी भएको भन्ने यकिन भएको छैन। आगलागी भएको स्थान सदरमुकाम गमगढी बाट ४ घण्टाको दूरीमा पर्छ।

आगलागीको जानकारी आइतबार मात्रै आएकाले सो घटनाको जाँचबुझ गर्न प्रहरी घटनास्थल आजै मात्रै गएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।सम्बन्धित घटनाको जाँचबुझपछि मात्र क्षतिको विवरणबारे भन्न मिल्ने प्रहरी नायव उपरीक्षक साहाको भनाइ छ।

यसैबीच आगलागीपछि थाहाखबरलाई जानकारी दिँदै आगलागीपीडित दानबहादुर बढुवा र तीर्थ बुढाले शनिबार आगलागी भएको बताउँदै दानबहादुर बुढाका ७० बाख्रा र १५ क्विन्टल स्याउ,२० हजार नगद, अन्नपात लत्ता कपडा, भाँडाबर्तन, नागरिकतालगायत महत्‍वपूर्ण कागज जलेको बताएका छन्।

त्यस्तै, तीर्थ बुढाको ९० हजार नगद, १५ क्वीन्टल स्याउ, ,१० वटा कुखुरा , ५ वटा  १४० लिटर डिजेल, खरायो, अन्नपात लत्ता कपडा, भाँडाबर्तन जलेर नष्ट भएका आगलागी पीडितले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.