|

जाजरकोट : पाइप चोरी भएपछि मजकोट–६ का सर्वसाधारण सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको २ वर्ष नबित्दै पाइप चोरी भएको हो। दुई महिनाअघि मुहानबाट करिब ४ सय मिटर लम्बाइ रहेको पाइप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले जानकारी दिए। 

पाइप चोरी भएसँगै यहाँका २ सयभन्दा बढी घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएकोे बेलपत्री प्रावि मजकोट–६ का प्रधानाध्यापक रामबहादुर नेपालीले जानकारी दिए। गरिबी निवारण कोषको ३६ लाख रुपैयाँमा यो अायोजना २०७० सालमा निर्माण गरिएको थियो। 

पाइपमा पानी आएको बेला मजकोट–६ का सबै गाउँलेले जमिनमा सिँचाइ गरी गहुँबालीलगायत बेमौसमी तरकारी बाली लगाएका थिए। पाइप चोरी भएसँगै अहिले लगाएको अन्नबाली सिँचाइको अभावमा सुक्न थालेको छ। पाइप चोरी गर्ने मानिसको खोजीका लागि उजुरी गरे पनि प्रहरीले चासो नदेखाएको स्थानीय बासिन्दाको आरोप छ।  ‘सिँचाइको सबै पानी जंगलमा खेर गएको छ, यता हाम्रो जग्गा बाँझै छन्।’, नेपालीले दुखेसो पोखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.