|

काठमाडौं : ललितपुरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट निर्मित मायाको चिनो उत्पादन गरी वितरण गर्ने भएको छ। मंगलबार राजधानीमा उपभोक्ता समूह साधारणसभा कार्यक्रम समूहका अध्यक्ष हिरा बहादुर पौड्यालले यस्तो बताएका हुन।

अध्यक्ष पौड्याले सय जनालाई रोजगार प्रदान गरी काठबाट मायाको चिनो उत्पादन गरी वितरण गर्ने बताए। उनले भने, ‘नेपालमा अहिले पर्यटन वर्ष मनाइँदै छ। हामीसँग प्राकृतिक स्रोत साधनले सम्पन्न छौँ। नेपालमा आउने पर्यटकलाई काठको मायाको चिनो बनाइ प्रदान गरिन्छ।’ 

प्रदेश ३ का सांसद माधव पौड्यालले पातले वन नेपालकै नमुना वनको रूपमा अघि बढेको बताउँदै पर्यटकीय क्षेत्रको संरक्षणमा समेत जुटेको बताए। ‘काठमाडौंको कोलाहल  वातावरणबाट मुक्ति पाउनको लागि लामाटार सिस्नेरीमा १० किलोमिटरको दूरीमा यहाँ आइपुग्न सकिन्छ,’ उनले भने, ‘यो ठाउँले आन्तरिक पर्यटकको ठूलो सम्भावना बोकेको छ।’ 

सो कार्याक्रममा उपभोक्ताले श्रृंग ऋषि गुफालगायत गुफाको संरक्षण र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा जुट्नेसमेत प्रतिबद्धता जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.