उपसभामुखको दाबीले अध्यक्ष अप्ठेरोमा

|

काठमाडौं : लामो समयदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सभामुखकाे उम्मेदवार चयन पेचिलो बनिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समझदारी बन्न नसकेका कारणले सभामुख चयन गर्न नसकेको हो।

पार्टी एकतापछि भागमा परेको भन्दै  तत्कालीन माओवादी केन्द्रले सभामुखमा दाबी गरेपछि प्रधानमन्त्री ओलीले अफ्ठेरोमा परेका छन्। 

‘ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको पक्षमा अडान लिनुभएको छ। तर, अध्यक्ष दाहाल त्यसको पक्षमा हुनुहुन्न’ नेकपाको पूर्व-माओवादीका एक स्थायी कमिटी सदस्यले थाहाखबरसँग भने, ‘तत्कालीन माओवादीले कुनै पनि हालतमा सभामुख गुमाउने पक्षमा छैन। त्यसको लागि प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा भएका समझदारीलाई सम्झनुपर्छ।’

उनका अनुसार तत्कालीन एमालेलाई सभामुख छोड्दा प्रधानमन्त्री उहाँले छोड्नुपर्छ। उहाँले प्रधानमन्त्री र सभामुख दुवै आफैं राख्नको लागि बखेडा झिकेको उनको भनाइ छ। 

प्रधानमन्त्रीले नेम्बाङको पक्षमा अडान राखेर विकल्पमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दिने पक्षमा देखिएका छन्। उपसभामुखको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत लागिरहेको हुनाले दोस्रो विकल्पमा प्रधानमन्त्री ओलीले उपसभामुखलाई लिएको स्रोतको दाबी छ। 

तर, प्रधानमन्त्री ओलीलाई पुरै कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी दिएर पार्टीको कार्यकारी अध्यक्षको भूमिका लिइसकेकोले दाहाललाई पनि संकट परेको उनको भनाई छ। ‘अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी भूमिका निर्वाह गर्नेबेलामा भएको सहमझदारीले समस्यामा पारेको छ। तर, प्रधानमन्त्रीले पार्टी एकताको बेलामा भएको भागबण्डामा अहिले थप भाग खोज्नु जायज हुँदैन।’

प्रधानमन्त्रीले नेम्बाङको पक्षमा अडान राखेर विकल्पमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दिने पक्षमा देखिएका छन्। उपसभामुखको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागिरहेको हुनाले दोस्रो विकल्पमा प्रधानमन्त्री ओलीले उपसभामुखलाई लिएको स्रोतको दाबी छ। 

तर, पार्टी एकतामा माओवादी केन्द्रको भागमा परेको सभामुखमा प्रधानमन्त्री ओलीले आफ्नै पक्षको व्यक्तिलाई पटक–पटक उभ्याउदा प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहाल विलखबन्दमा परेका छन्। 

तत्कालिन माओवादी केन्द्रभित्र सभामुखको दौडमा अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भूसाललगायतको नेताहरु छन्। यद्यपी,तत्कालिन माओवादीभित्र सभामुखको आकांक्षी धेरै देखिएपनि अध्यक्ष दाहालले सभामुखमा स्थायी कमिटी सदस्य सापकोटाको पक्षमा दरिलो अडान  लिएका छन्। 

तत्कालिन माओवादी केन्द्रले यसरी सभामुख छोड्ने पक्षमा नदेखिएपछि प्रधानमन्त्री ओली थप संकटमा परेका छन्। ओली–दाहाल आ–आफ्नो व्यक्तिको अडानबाट पछि नहट्ने संकेत देखाएपछि नेकपाले सभामुखको उम्मेदवार तोक्न सकेको छैन। यसले संसदको बैठक मात्र अनिश्चित बनेको होइन स्वयं नेकपाको सचिवालय समेत अनिर्णयको बन्दी बनेको छ । नेकपाका बरिष्ठनेता झलनाथ खनालले दुईजना अध्यक्षले नाम प्रस्ताव गर्नासाथ सचिवालय निर्णय गर्न तयार रहेको बताएका छन् ।

तत्कालिन माओवादी केन्द्रभित्र सभामुखको दौडमा अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भूसाललगायतको नेताहरु छन्। यद्यपी,तत्कालिन माओवादीभित्र सभामुखको आकांक्षी धेरै देखिएपनि अध्यक्ष दाहालले सभामुखमा स्थायी कमिटी सदस्य सापकोटाको पक्षमा दरिलो अडान  लिएका छन्।

सभामुखको उम्मेदवारको टुङ्गो नलागेसम्म उपसभामुखबाट राजीनामा नदिने अडानमा उपसभामुख तुम्बाहाङफे छन्। उपसभामुखको हैसियतले स्वतः सभामुखको उम्मेदवारको दाबी गरिहेको बेलामा उम्मेदवारको टुंगोपछि मात्रै राजीनामा दिने अडानले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल चेपुवामा परेका छन्। 

अध्यक्ष दाहालको अडान, पार्टी एकतापछिको समझदारी,उपसभामुखको अडानको कारणले प्रधानमन्त्री ओलीलाई सकसको घेरामा परेको छन्। नेकपाभित्रको शिर्ष नेताहरुको व्यक्तिगत हानथापले प्रतिनिधिसभाको संसद बैठक समेत बस्न सकेको छैन। 

नेकपाले रिक्त रहेको सभामुखको उम्मेदवार छान्न नसक्दा संसद बैठक तीनपटक स्थगित भएको छ। नेकपाले सभामुख चयन नगरेर संसदलाई बन्धक बनाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादीलगायत साना दलले समेत चर्को विरोध जनाइरहेका छन्। 

पार्टी अध्यक्ष दाहालको नेतृत्वमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको जमघटलाई प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाइरहेका छन्। प्रधानमन्त्री ओली र ओली निकट नेताबाहेक अध्यक्ष दाहाल सहितका शिर्ष नेताहरुले जमघट गरेका थिए। यद्यपि, सो बैठकको कुनैं निस्कर्ष भने थिएन ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.