|
छाेरी बिमा कार्यक्रममा सहभागी हुँदै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा लगायत।

काठमाडौं : प्रदेश २ सरकारले ‘छोरी बिमा’ कार्यक्रम सुरु गरेको छ। बिहीबार प्रदेशका सबै जिल्लाबाट एकैसाथ सरकारका प्रतिनिधिहरू सहभागी भएर अभियान सुरु गरिएको प्रदेशका महान्यायधिवत्ता दीपेन्द्र झाले थाहा खबरलाई जानकारी दिए। 

‘आजबाट सरकारको यो अभियान सुरु गरियो,’ उनले भने, ‘आज प्रदेशका सबै जिल्लामा प्रदेशका अधिकारीहरू सहभागी भएर सुरु भएको अभियान माघ महिना भरी प्रदेशले नै चलाउँछ। फागुन लागेपछि प्रदेशले स्थानीय तहलाई जिम्मा लगाउँछ।’ 

प्रदेश सरकारले प्रदेशको १३६ वटै पालिकाहरूबाट एकद्वार प्रणालीबाट उक्त अभियान सुरु गरेको हो। बिमाको साथै जन्म दर्ता, छोरी भएको घरमा नि:शुल्क इन्टरनेटसमेत जडान गरिएको छ। प्रदेश सरकारले माघ महिनाभरीमा २५ देखि ३० हजार छोरीहरूलाई यस अभियानमा सहभागी गराउने लक्ष्य लिएको महान्यायधिवक्ता झाले जानकारी दिए।

‘प्रदेश २ मा महिलाको साक्षरता दर न्यून छ,’ उनले भने, ’ उनले भने, बालविवाह त्यत्तिकै छ।, छोरीलाई आर्थिक बोझको रुपमा हेर्ने चलनलाई तोड्न सरकारले यो कार्यक्रम ल्याएको हो।’

प्रदेश सरकार छोरीलाई बोझको रुपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उदेश्यकासाथ अघि बढेको उनको भनाई छ।  ‘सामाजिक रुपान्तरण र भौतिक विकास एकैसाथ लगेमात्रै प्रदेश विकास सम्भव भएकोले यो कार्यक्रम सुरु भएको हो,’ उनले भने।

उक्त अभियानको मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लाबाट सुरु गरेका थिए। अन्य जिल्लामा प्रदेश सरकारका अन्य प्रतिनिधिहरु पुगेको प्रदेश सरकारले जनाएको छ।  मुख्यमन्त्री राउतले आफु मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै छोरी बिमा कार्यक्रमबारे गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.