समाज

माघ दोस्रो साता नेपालमा 'सेल्फ डिफेन्स'को अन्तर्राष्ट्रिय सेमिनार हुने

माघ ३, २०७६

    काठमाडौं : सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमनार नेपालमा आयोजना हुने भएको छ। माघ ८ देखि १६ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सम्मेलन आयोजना हुने नेपाल सेल्फ डिफेन्स संघले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

    नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापालले अन्तर्राष्ट्रिय सेमिनारमा सेल्फ डिफेन्सका ग्राण्ड मास्टर र विभिन्न देशका सेल्फ डिफेन्स पदाधिकारी सहभागी हुने बताए। कार्यक्रममा अमेरिका र पोल्याण्डका ग्राण्ड मास्टरहरु विशेष अतिथिका रुपमा सहभागी हुने जानकारी दिए।

    सेमिनारले आत्मरक्षा तालिमको महत्व र आवश्यकताबारे छलफल गर्ने, सेल्फ डिफेन्ससँग सम्बन्धित प्रशिक्षक तयार पारी भविष्यमा सम्पूर्ण जिल्लामा तालिम संचालन गर्ने, हिंसाकाविरुद्ध एकताबद्ध हुन आवाज बुलन्द गर्ने, पर्यटन प्रवद्र्धनमा सयोग गर्ने, खेलकुद प्रतियोगितामार्फत् देशलाई पदक दिलाउने उद्देश्य राखेको बताए।

    अध्यक्ष रानापालले राज्यमा हुने हिंसा न्यूनीकरण गर्नको लागि सेल्फ डिफेन्सको तालिम तथा प्रशिक्षण अभियान चलाइएको बताए। सेल्फ डिफेन्सलाई प्रभावकारी बनाउन तालिम तथा प्रशिक्षणको आवश्यकता महशुश गरी सेमिनार आयोजना गर्न लागिएको उनको भनाइ थियो। उनले भने, ‘यो तालिमले विशेषगरी चेलीबेटीहरुलाई फाइदा पुग्ने अपेक्षा गरेका छौँ।’

    सेल्फ डिफेन्सकी उपाध्यक्ष सन्जु महर्जनले आफ्नो रक्षा आफैँ कसरी गर्न सकिन्छ भन्ने नारा बोकेको सेल्फ डिफेन्सले नेपालका ४० जिल्लामा समिति गठन गरिसकेको बताइन्। सेल्फ डिफेन्सका लागि हरेक जिल्लामा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण दिइरहेको जानकारी दिइन्।

    खेलकुदमा लागेकालाई मात्र नभई अन्य महिलालाई पनि तालिम दिइने उद्देश्य राखिएको बताइन्। सेल्फ डिफेन्सले २९ हजारलाई सेल्फ डिफेन्ससम्बन्धी सामाग्री वितरण गरेको बताइन्। सेल्फ डिफेन्समा आवश्यक आर्थिक जोहो पदाधिकारीबाट नै जुटाइरहेको भन्दै सरकारबाट आवश्यक सहयोग नपाइरहेको गुनासो गरिन्।

    सेल्फ डिफेन्सकी महासचिव नुतन श्रेष्ठले सेल्फ डिफेन्सको महत्वबारे प्रकाश पारेकी थिइन्। उनले सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सेमिनारमा झण्डै २० लाख खर्च गरेर सेमिनार आयोजना गर्न लागेको जानकारी दिइन्। सेल्फ डिफेन्स खेलकै रुपमा विकास गर्दै लगिएको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]