|
फाइल तस्बिर

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीले जित निकालेका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो। फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे।

यस्तै, साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे। सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए। जितसँगै ७ खेलबाट ८ अंक बटुलेको फ्रेन्ड्स लिगको नवौँ स्थानमा छ। कुनै पनि खेलमा जित निकाल्न नसकेको सरस्वती १ अंकका साथ लिगको पुछारमा छ।

यसअघि आइतबार नै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एफिएफ क्लबलाई ३-२ ले पराजित गर्दै न्युरोड टिम एनआरटी लिगको पाँचौस्थानमा उक्लिएको छ। एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक/एक गोल गरे।

एपिएफका आशिष लामाले दुई गोल फर्काए। एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ। एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १३औँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.