|

दाङ: दाङमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ५ जना नेता-कार्यकर्तालाई सोमबार पुन: पक्राउ गरेको छ। दाङ देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहा भएलगत्तै प्रहरीले नेकपामा ५ जना नेताहरूलाई पुनः अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको हो।

गत असोज ३० गते राजपुर गाउँपालिका ४ बाट पक्राउ परेका उनीहरूलाई पुस ७ गते दाङ देउखुरी अदालतले १५/१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। सोही आदेशअनुसार धरौटी बुझाएर छुटेका उनीहरूलाई सोमबार दिउँसो प्रहरीले पुन: पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पार्टीका राप्ती व्यूरो सदस्य एवं न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’ दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल ‘विक्रम’, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र पार्टी सदस्य इन्द्रबहादुर वली रहेका छन्। उनीहरूलाई छिमिकी जिल्ला पठाएको बुझिएको छ।

राप्ती गाउँपालिकाबाट २१  जना नेता,कार्यकर्ता पक्राउ परेका थिए। पक्राउ परेका मध्ये ११ जनालाई पुन:पक्राउ गरी मुद्दा चलाएको छ। ती मध्ये पनि ४ जना कपिलवस्तुबाट रिहा भइसकेका छन्। त्यसैगरी ४ जनालाई रोल्पा र १ जनालाई सल्यान लगिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.