|

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि मनोनयन दर्ता गराएका छन्। उनले मंगलबार बिहान मनोनयन दर्ता गराएका हुन्। 

सापकोटाले नेकवा संसदीय दलका उपनेता सुवास नेम्बाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। 

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि सभामुख पद चार महिनादेखि रिक्त छ। लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको हो। 

सभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ। सभामुखका लागि माघ १२ मा निर्वाचन हुनेछ। सांसद सापकोटाको मात्रै उम्मेदवारी परेको खण्डमा सापकोटा स्वतः सभामुख हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.