|

धेरैको सपना हुन्छ, व्यवसायी बन्नु, कम्पनी चलाउनु वा आफ्नै ब्रान्ड बनाउनु। असम्भव छैन, तर सजिलो पनि छैन। पर्याप्त स्रोत साधन छैन भने योजना बनाएर मात्र पनि हुँदैन, र राम्रो योजना छैन भने स्रोत साधन भएर मात्र पनि हुँदैन। यी दुवैको तालमेलमा व्यवसायको सफलता निर्भर रहन्छ।

विश्वप्रसिद्ध पत्रिका 'फोर्ब्स' भन्छ, साना व्यवसायमध्ये २० प्रतिशत सञ्चालनको पहिलो वर्षमै असफल हुन्छन्, ३० प्रतिशत दुई वर्षसम्म टिक्छन् र बाँकी ५० प्रतिशत पाँच वर्षभन्दा बढी समयसम्म चल्छन्। यो अन्तिम ५० प्रतिशतमध्येको ७० प्रतिशत, दशकभन्दा धेरै समयसम्म सफलतापूर्वक सञ्चालन हुन्छन्। 

अनुसन्धानले देखाएअनुसार, सञ्चालनको पहिलो वर्षमै लडखडाउने व्यवसायका केही साझा समस्या छन्। 

उत्पादन वा सेवा कसका लागि हो भन्ने प्रष्ट नहुनु

उत्पादन वा सेवा कसका लागि हो भन्ने प्रष्ट नहुनु नै असफलताको पहिलो कारण हो। तपाईंको फेसबुक पेज हेरेर, विज्ञापन सुनेर वा अन्य प्रचार सामग्री हेर्नासाथ तपाईंको उत्पादनबारे 'सम्भावित ग्राहक' प्रष्ट भएन भने तपाईंको व्यवसाय दुर्घटनामा पर्दैछ भनेर जाने हुन्छ।

विज्ञापनसहितका प्रचार सामग्रीमा तपाईंको समय र लगानी परिसकेको हुन्छ। साना व्यवसायीलाई प्रचार सामग्रीको 'रि-डिजाइन' सहज नहुन सक्छ। त्यसैले, यसमा ध्यान दिइएन भने व्यवसाय ओह्रालो लाग्न थालिहाल्छ। त्यसैले तपाईंको उत्पादन वा दिने सेवा एकदमै प्रष्ट हुनुपर्छ, ताकि 'सम्भावित ग्राहक' मा कुनै द्विविधा नरहोस्।

बलियो संरचनाको अभाव 

राम्रो योजना छँदैछ, सेवा वा सामग्रीको बिक्री पनि ठीकै छ भनेर ढुक्क नहुनुस्। राम्रो संरचना वा सिस्टम बनाउन सक्नु भएन भने तपाईं जोखिमतर्फको यात्रा गर्दै हुनुहुन्छ।

तपाईंको व्यवसाय कसरी सञ्चालन हुन्छरु संरचना वा सिस्टम भनेको सञ्चालनको योजना हो। तलबका लागि मासिक कति रकम चाहिन्छ, मासिक आम्दानीको प्रक्षेपण के छ, अनुमानअनुरूप को आय छ कि छैन, लेखा व्यवस्थापक कसरी चुस्त छ कि छैन, कर्मचारीहरू कस्ता छन्, ग्राहकहरूको सन्तुष्ट छन् कि छैनन्, यी सबै कुराहरू सिस्टमका अभिन्न हिस्सा हुन्।

सबै कुरा चुस्त दुरूस्त भएमा व्यवसाय उँभो लाग्छ, अन्यथा ओह्रालो झर्छ। फोर्ब्सको अध्ययनले धेरैजसो साना व्यवसाय संरचनागत समस्याकै कारण धरमराउने गरेको देखाएको छ। विश्लेषक जेनिफर ड्वन भन्छिन्, 'यी सबै कुरामा व्यवसायी कति परिपक्व छ भन्ने कुराले व्यवसायको भविष्य निर्धारण गर्छ।'

'दैनिक रुपमा गरिने क्रियाकलापहरू अव्यवस्थित छन् भने राम्रो परिणाम आउनै सक्दैन। हतारमा निर्णय लिइन्छ र आर्थिक व्यवस्थापन ठीक छैन भने त्यस्ता व्यवसायले सुरू भएको केही दिनमै दुस्ख पाउन थाल्छन्', उनले भनिन्, 'व्यवसायीक संरचनाले व्यवसायको सफलता वा विफलता निर्धारण गर्छ।'   

नेतृत्वको समस्या

धेरैजसो असफलताका साझा कारणमध्ये नेतृत्वको समस्या पनि एक हो। असफल भएका व्यवसायको अध्ययनले देखायो, त्यसका नेतृत्वकर्ता अपरिपक्व थिए, जोखिम मोल्न र जिम्मेवारी वहन गर्न हच्कन्थे। साना व्यवसायका नेतृत्वकर्ताले एकै समयमा धेरैतिर हात हालेको पनि देखियो, जसले गर्दा राम्रो परिणाम आएन। फलत: व्यवसाय ओह्रालो मात्रै लागेन, बन्दै हुन पुग्यो।

बिजनेस कोच केट बोगोय भन्छन् 'विभिन्न कुराहरू हेरेर नेतृत्वको परिपक्वता जाँच्न सकिन्छ। पहिलो त, उसमा प्रष्टता छ कि छैन भन्ने कुरा हेर्न सकिन्छ। दोस्रो उसमा 'फाउन्डर माइन्डसेट' छ कि छैन भन्ने कुराले अर्थ राख्छ। असफल नेतृत्व प्राय: अरूको दोष खोजेर बस्छ।'

'त्यस्ता नेतृत्वले बजारलाई दोष लाउँछन्, रकमको अभावलाई कारणका रुपमा प्रस्तुत गर्छन् वा कर्मचारीलाई कारक मान्छन्। त्यसो गरिरहँदा व्यवसाय भने चौपट भइसकेको हुन्छ', केट भन्छन्, 'जसले म स्वयं जिम्मेवार हुँ। मेरै योजना र कार्यशैलीमा सबै कुरा निर्भर छ भन्ने बुझ्छ। उसले संघर्ष गर्छ। दुखजिलो गरेर भए पनि टिक्छ र सफलता हात पार्छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.