|

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका छन्। वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले सबै मुद्दाहरूलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका हुन्।

उनले भने, ‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन त्यो मेलमिलाप प्रक्रियामा ती कुराहरुलाई पठाउनु हुँदैन त्यो प्रक्रियाबाट सम्बोधन हुन दिनु हुँदैन तर सामान्य किसिमका विवादहरु मेलमिलाम प्रक्रियाबाट टुङ्ग्याउनु असल हुन्छ।’ उनले न्यायोचित समाधान दिन मेलमिलामकर्ताहरुको महत्वपूर्ण भूमिका रहने बताए। उनले

मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिनेसमेत बताए। त्यसका लागि दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन

उनले आग्रह गरे। उनले भने, ‘मेलमिलापले जहिले पनि दिएको समाधान न्यायोचित हुनुपर्छ दुईवटा पक्षको सन्तुष्टिको विषय बनाउनुपर्छ।’

यसलाई मोनिटरी विषयबाट माात्र नहेरेर मेलमिलामकर्ताले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विचार गर्नुपर्ने बताए। कार्यक्रममा नायव महान्यायाधिवक्ता पद्यमप्रसाद पाण्डेले कुनै पनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने बताए।

उनले समस्याको समाधानको निम्ति र समाजलाई सहजरुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताए। उनले भने, ‘मेलमिलाप यो नयाँ संहिताहरुमा किन आएको होला भनेर विचार गर्दाखेरी दुई तीन वटा कुराहरु छन त्यो के हो भने मुद्दा गरेर मात्रै त समस्याको समाधान हुँदैन त्यसकारण समस्याको समाधान गर्नको निम्ति र समाजलाई सहज रुपमा अगाडि लैजानको निम्ति समाजमा झगडाको वातावरण होईन मेलमिलापको वातावरण चाहिन्छ ।’

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा आउने समस्याहरुलाई मेलमिलापमा लैजादा प्रक्रिया लम्बिने

हो कि भन्ने चिन्ता बढेको बताए। उनले सबै वैदेशिक रोजगार व्यवसायीहरु ठग्ने र रोजगारीमा जानेहरु ठगिने हुन भन्ने मानसिकता रहँदासम्म मेलमिलापकर्ताहरुमा चुनौती बढ्दै जाने बताए। महानिर्देशक भुषालले अहिलेसम्म संस्थागत विवादमा नैतिक दबाब दिएर पनि

समस्याको समाधान गरिँदै आएकोमा अब मेलमिलापकर्ताहरूलाई प्रमाणहरु जुटाएर मेलमिलाप गराउने चुनौती रहेको बताए। कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरुलाई शपथग्रहण गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.