|

काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ लम्बिएर मंगलबारलाई पुगेको छ। 

सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओम अर्याल, राजेश चापागाईं, बाबुराम गिरी लगायतको  बहस लम्बिएपछि मुद्दाको सुनुवाइ लम्बिएको जनाइएको छ। 

सापकोटालाई सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार मुद्दा दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार मुद्दा दायर गरेका थिए। 

दायर भएको रिट निवेदन हेर्न नमिल्ने भएपछि सोमबारका लागि पेसी तोकिएको थियो। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतबार पेसी तोकिएको थियो। तर, सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेको हुनाले आइतबार मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।

सभामुख सापकोटामाथि काभ्रेको अर्जुन लामाको हत्यामा सापकोटा संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन्। जुन मुद्धा अहिले सर्वोच्वमा विधाराधिन अवस्थामा छ। 

यता, सभामुख एकल उम्मेदवारी परेका सापकोटा आइतबार नै निर्विरोध सभामुख निर्वाचित भइसकेका छन्। सापकोटाले सोमबार राष्टिपति विद्यादेवी भण्डारीको हातबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेर कार्यभार समेत सम्हालीसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.