चिनियाँ परियोजना बीआरईको प्रशंसा

|


काठमाडौं : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) लाई लिएर नेताहरु दुई ध्रुबमा विभाजित भइरहेका बेला सत्तारुढ नेकपाले अमेरिकाको प्रस्तावित ‘इन्डो-प्यासिफिक रणनीति’ नेपालको छिमेकी मुलुक चीन घेर्नैका लागि आएको दाबी गरेको छ। 

बुधबारदेखि राजधानीमा सुरु दुई पार्टी एकतापछिको केन्द्रीय कमिटी बैठकमा दुई अध्यक्षकोतर्फबाट पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ। आईसीसीपीलाई शंकाले हेरिएको प्रतिवेदनमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को भने प्रशंसा गरिएको छ। इन्डो-प्यासिफिक सैन्य रणनीतिले समस्या ल्याउने भन्दै आलोचना गरिएको छ। 

दुई अध्यक्षको प्रतिवेदनको पहिलो बुँदा ‘अन्तर्राष्ट्रिय परिस्थितिको संकेत र हाम्रो दायित्व’ अन्तर्गत यस्तो व्याख्या गरिएको हो। 

'चीनले अघि सारेको बिआरआईले विश्वव्यापीरुपमा आफ्नो कनेक्टीभिटी र आर्थिक साझेदारीको रणनीतिको रुपमा काम गरिररहेको छ', प्रतिवेदनमा भनिएको छ, 'नेपालले पनि बीआरआईमा हस्तक्षार गरी आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाइसकेको छ।’

प्रतिवेदनको त्यही खण्डमा आईपीसीको विरोध गरिएको छ। 'उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकक्षत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ', प्रतिवेदनमा भनिएको छ। 

हिन्द महासागर वरपरका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाली कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासिफिक रणनीति अगाडि बढाइरहेको कुरा प्रतिवेदनमा लेखिएको छ।

यसअघि गत महिना बसेको नेकपाको स्थायी कमिटी बैठकमा आईपीएस र एमसिसीलाई लिएर चर्को विवाद भएको थियो। एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गतको कार्यक्रम भए नभएको विवाद चर्किएपछि त्यसबारे निर्णय लिने जिम्मा सचिवालयलाई दिइएको थियो।

बुधबारै राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटी बैठक उद्घाटनका क्रममा बोल्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीमा विवाद गर्नुपर्ने कुरा नरहेको जिकिर गरेका थिए। उनले एमसिसी आईपीएसको अंग नरहेको बताउँदै राष्ट्रिय हितमा रहेको जिकिर गरेका थिए।

राजनीतिक प्रतिवेदन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.