|

बाँके : बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ। उपचारका क्रममा बुधबार साँझ ९२ वर्षीय गुप्तालाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन्।

गुप्ताका छोरा तथा पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले उपचारका क्रममा बुवाको निधन भएको जानकारी दिए। केही वर्षयता रोगले थलिएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि अस्पताल लगिएको थियो।

नेपालगन्जको पत्रकारिता अलग्गै पहिचान बनाएका गुप्ता किरण साप्ताहिकका सम्पादक थिए। पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले दशकअघि उनलाई सेनानीको उपाधि दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.