अवैध क्रसर बन्द गरेर क्षतिपूर्ति दिए मात्रै शव बुझ्‍ने अडान

|

अश्विन दानी

गोरखा : गोरखा नगरपालिका १० छेपेटारमा अवैध रुपमा सञ्चालित क्रसर उद्योग परिसरमा टिपरले किचेर मृत्यु भएकी महिलाका आफन्तले क्रसर उद्योग बन्द गराएर उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

शुक्रबार बिहान दूध बेच्न हिँडेकी स्थानीय ५२ वर्षीया मनमाया तामाङको गोरखकाली क्रसर उद्योगमा टिपरले किचेर मृत्यु भएको थियो। टिपरले किचेर तामाङको मृत्यु भएपछि विरोधमा उत्रिएका आफन्त र स्थानीयले क्रसर बन्द गराएर उचित क्षतिपूर्ति दिए मात्रै मृतको शवको जिम्मा लिने बताएको गोनपा १० का वडा अध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिए।

वडाअध्यक्ष बस्नेतका अहिलेसम्म क्रसर उद्योगका सञ्चालक वा प्रतिनिधि घटनास्थलमा पुगेका छैनन्।

महिलालाई ग१ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो। आक्रोशित स्थानीयले  ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा एक्साभेटरसमेत तोडफोड गरेका प्रहरीले जनाएको छ।

हाल आगजनी भएको टिपर र चालकलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी खतिवडाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.