१० दिनभित्र बुझाउला प्रतिवेदन?

|

काठमाडौँः अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को बिषयमा छलफल गर्न नेकपाले बनाएको कार्यदलको पहिलो बैठक बसेको छ। 

आइतबार नेकपाको केन्द्रीय कमिटी बैठकबाट गठित पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले सोमबार बैठक बसेको हो। पार्टीभित्र चर्को विवाद भएपछि एमसिसीबारे अध्ययन गर्नको लागि नेकपाले तयार गरेको कार्यदल तय गरेका थियो। 

एकसिसीबारे अध्ययनको लागि नेकपाले तयार पारेको कार्यदलमा संयोजक खनालसहित सदस्यद्वय भीम रावल र प्रदीप  ज्ञवाली रहेका छन्। कार्यदलको बैठकले एमसीसी सम्झौतासम्बन्धी कस्ता बिषयमा अध्ययन गर्ने भन्‍ने बिषयमा छलफल भएको बताइएको छ।  

एमसिसी अन्तर्गत अमेरिकाले नेपालले विद्युत र सडकमा ५५ अर्ब अनुदान दिने सम्झौतालाई भएको थियो। इन्डो प्यासिफिक रणनीतिको अंश भएकै कारणले एमसिसीमा फरक मत आएपछि नेकपाभित्र विवाद आएको थियो। अमेरिकाले दिने ५५ अर्ब सहयोगमा नेकपाले पनि करिब १४ अर्ब लगानी पर्छ। 

एमसिसीको बिषयमा नेपालसँगको सम्झौतामा संसदबाट बहुमतले पास गर्नुपर्ने उल्लेख छ। नेकपाले तयार गरेको कार्यदलमा रहेका खनाल र रावल एमसिसीको विपक्षीमा छन्। खनालको हातमा एमसिसीको जिम्मेवारी सुम्पिएपछि पास हुने सम्भावना कम भएको टिप्पणीसमेत भइरहेका छन्। 

यद्यपि, एमसिसीको बिषयमा प्रायः तत्कालीन एमाले खेमाले पास गर्नैपर्ने अडान राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमसिसी चाँडै पास गर्नुपर्ने धारणा राखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.