|

काठमाडौं : सरकारले सरुवा रोग नियन्त्रण तथा उपचारका लागि अत्याधुनिक सेवासहितको  ३०० बेडको अस्पताल बनाउने तयारी गरेको छ। सरुवा रोगको जोखिम बढ्दै गएको र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले  मात्र नयाँनयाँ सरुवारोगहरूको भार थेग्न नसक्ने भएपछि सरकारले सुविधासम्पन्न अस्पताल बनाउने तयारी अघि सारेको हो।  

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालया मन्त्री भानुभक्त ढाकालले नयाँ सरुवारोग अस्पताल निर्माण गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद्‍मा पेश गरेका छन्।

हालको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल घानाबस्तीको बीचमा रहेकाले नयाँ खालका सरुवा रोगहरूको उपचार गर्न वा हाल अस्पतालमा भएको सेवा सुविधाले नयाँ सरुवा रोगहरूको उपचार गर्न गाह्रो भएकोले अर्को छुट्टै सरुवा रोग अस्पताल स्थापना गर्ने तयारी गरेको बताएको छ।

मन्त्रालय स्रोतले भन्यो, ‘हालको सरुवारोग अस्पतालले पछिल्लो समयमा देखापरेका नयाँ खालका सरुवा रोगहरूको उपचार गर्न उच्चस्तरीय उपकरण आवश्यक पर्छ हाल टेकु अस्पतालमा त्यो अभाव छ त्यसैले मान्छेको बस्तीभन्दा केही पर नयाँ सरुवारोग अस्पताल निर्माण गर्ने प्रस्ताव अघि सारिएको हो।'  मन्त्रिपरिषदबाट पास भएपछि अर्थ मन्त्रालयले बजेट निकास गर्ने र उपयुक्त ठाउँमा अस्पताल निर्माण गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.