|

भद्रपुर (झापा) : बिर्तामोड नगरपालिका–२, चारपानेमा आगोले जलेको अवस्थामा एकजनाको शव फेला परेको छ।

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युमा आगो जलाइएको अवस्थामा शव फेला परेको हो। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

स्थानीयले मंगलबार खेतमा जलेको अवस्थमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘घटनाको प्रकृति हेर्दा परालको कुन्युभित्र मान्छे राखेर बाहिरबाट पराल जलाएको देखिन्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, जलेको अवस्थामा फेला परेको शव महिला वा पुरुष कसको भन्ने खुलाउने अवस्था छैन।’ 

अहिले प्रहरी टोलीले घटनास्थलमै अनुसन्धान गरिरहेको उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.