धादिङमा छुट्टै ट्रमा सेन्टर स्थापना हुँदै

|

काठमाडौं : राजमार्गका सडकमा बढीजसो दुर्घटना हुने र समयमै उपचार नपाउने घटना बढ्दै गएपछि सरकारले ठूला राजमार्गको छेउमा ट्रमा कर्नरहरूको स्थापना गर्ने भएको छ।

सडक दुर्घटनामा परेकाहरूलाई तत्काल प्राथमिक उपचार र आवश्यक परे ठूला अस्पतालमा पठाउने गरी राजमार्गनजिक रहेका स्वास्थ्य  केन्द्रहरूलाई  ट्रमा कर्नरको व्यस्थाका रूपमा विकास गर्ने भएको हो।

यही आर्थिक वर्षदेखि ‍सञ्चालनमा आउने ट्रमा कर्नर सञ्‍चालनको लागि हाल कार्यविधि बनाउने काम अन्तिममा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल मन्त्रालयले पहिलो चरणमा मुख्य सडक मार्गहरूमा ५४ वटा स्वास्थ्य संस्थामा ट्रमा कर्नर निर्माण गर्ने प्रस्तावनाको तयारीमा सरकार लागेको छ।

धादिङमा छुट्टै ट्रमा सेन्टर स्थापना गरिने

यस्तै धेरै दुर्घटना हुने थानकोटदेखि मुङ्लिङको बीचमा पारेर धादिङको गजुरीमा समेत एउटा सुविधासहितको ट्रमा सेन्टर आगामी वर्षसम्म स्थापना गर्ने प्रस्थाव अघि सारेको हो।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिमा रहेको। दारेचोक स्वास्थ्य चौकी धादिङ गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकी,धादिङ बेनिघाट रोराङ गाउँपालिकाको बेनीघाट स्वास्थ्य चौकीलाई ट्रमा कर्नर सेन्टरको रूपमा रूपान्तरण गर्ने भएको छ।

त्यसैगरी सुर्खेतको राकममा आगामी राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको चोटपटक लागेका बिरामीहरूले आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने उद्देश्यका साथ ट्रमा कर्नर विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रस्तावित कार्यविधिमा उल्लेख भएअनुसार, निर्माण हुने ट्रमा कर्नरमा प्रत्येक संस्थाबाट कम्तीमा एक जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिई ट्रमा कर्नर संचालन गरी ट्रमा उपचार सेवा विस्तार गर्ने प्रकृया अगाडि बढाउनेछ। सरकारले ट्रमा कर्नर विस्तारको लागि १ करोड ६ लाख ३० हजार रुपैयाँ बजेट छुट्याईएको छ।

 उक्त रकमबाट ट्रमा कर्नर स्थापनाको लागि प्रति एक स्वास्थ्य संस्था एक लाख सत्तरी हजार रुपैयाँको दरले एकानब्बे लाख असी हजार सम्बन्धित स्थानीय तहलाई उपलब्‍ध गराउने र बाँकी रकम बाह्र लाख असी हजार रुपैयाँ अभिमुखीकरण तालिम र अनुगमनको लागि बिनियोजन गरिएको प्रस्तावनामा उल्लेख छ। कार्यविधि लागु भएसँगै ट्रमा कर्नरको निर्माण कार्य तुरुन्तै थालनी हुने प्रस्तावनामार्फत मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.