|

जनकपुर : जनकपुरको एक पोखरीमा नवजात शिशुको शव फेला परेको छ। जनकपुर उप–महानगरपालिकाको वडा नं. १० स्थित अरगज्जा पोखरीमा फालिएको अवस्थामा मृत शिशुको शव भेटिएको हो।

शनिबार करिब ३ बजे पोखरीमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव स्थानीयवासीले देखेपछि जानकी प्रहरी चौकीमा जानकारी गराएका थिए। जानकारी पश्चात प्रहरीले सो शिशुको शवलाई पानीबाट बाहिर निकाली जनकपुर अञ्चल अस्पतालमा परिक्षणको लागि पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शिशु फाल्ने व्यक्तिको खोजतलाश तीव्रताका साथ भैरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मनोज यादवले जानकारी दिए।

जनकपुर अंचल अस्पताल वरिपरी रहेका निजी क्लिनीक तथा अस्पतालमा अवैध रुपमा गर्भपतन गराउने क्रम बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.