|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। 

सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आज दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए। 

ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले आजै सम्बोधन गर्न लागेको योगीले जानाकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.