|
Photo : fitnessvsweightloss.com

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीमाथि निसाना सोझ्याउन थालेको छ। भ्रष्टहरुमाथि निरन्तर प्रहार गर्दै आएको विप्लव माओवादीले गत पुस ७ गते सर्वोच्च अदालतको पेशी कक्षभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो।

त्यसको झण्डै एक महिनापछि माघ ६ गते नेपाल ट्रस्टका विवादास्पद् सचिव अर्जुनकुमार कार्की निसानामा परे। विप्लवले एकपछि अर्कोलाई निसाना बनाउन थालेपछि केही कर्मचारीलाई यो टाउको दुखाइको विषयमात्र बनेको छैन, उनीहरुको निदहराम भएको खबर छ।

त्रास कतिसम्म बढेको छ भने विप्लवको सम्भावित कारबाहीमा पर्न सक्ने विभिन्न तहका कर्मचारीहरु पछिल्लो समय सतर्कता अपनाउन थालेका छन्। त्यस्ता भ्रष्ट कर्मचारीहरु कार्यालय नै नआउने, आएपनि कार्यालयबाट छिट्टै निस्कने वा चनाखो भएर बस्ने गरेको स्रोत बताउँछ।

अझै रोचक त के छ भने विप्लवको निसानामा पर्ने डरले पछिल्लो समय केहीले आफ्नो दैनिकी नै कटौती गरेका छन्। उनीहरुले मर्निङ वाकलगायतका दैनिकी त्यागेका हुन्। 'हाम्रो पार्टीले भ्रष्टलाई कारबाही गर्ने तयारी गरेको थाहा पाएपछि केही कर्मचारीले मर्निङ वाकको नित्यकर्म नै छाडेका छन्,' विप्लव माओवादीका एक कार्यकर्ताले भने, 'यसले हामीलाई केही असहज भएको छ।

- साँघु साप्ताहिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.