|
सांकेतिक तस्बिर

अमेरिकाले कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण आफ्नो भूमीमा पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ। 

वासिङ्गटन राज्यमा स्वास्थ्य समस्या खेपिरहेका ५० बर्षीय एक पुरुषको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका हुन्। चीनको उहानबाट फैलिएको कोरोनाले मानिसको ज्यान लिएपछि सो राज्यका गभर्नरले आपत्तकालिन स्थितिको घोषणा गरेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको सम्भावित खतरासँग लड्न आफूहरु तयार रहेको दाबी गरेका छन्। शुरुमा चीनबाट शुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। 

बीबीसीका अनुसार अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ। यसअघि पनि कोरोना संक्रमण फैलने डरले अमेरिकाले चीन र इरानसँगको यात्रामा कडाइ गरेको थियो। 

कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गइसकेको छ भने ८६ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.