मामाभाञ्‍जी दुवैको शल्यकिया एकैसाथ

|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्यारोपण अगाडि मंगलबार प्रधानमन्त्री ओलीको प्री-ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षण गरिएको छ।

प्रधानमन्त्री ओलीसँगै उनलाई मिर्गौला दान गर्ने भाञ्‍जी समीक्षा संग्रौला ज्ञावालीको पनि परीक्षण पूरा गरिएको छ।

प्रधानमन्त्री ओली र भाञ्‍जी संग्रौलाको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ। आजको परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएको छ। भोलि बिहान ९ बजेदेखि प्रत्यारोपण सुरु हुने उनको उपचारमा संलग्‍न चिकित्सकहरुले बताएका छन्।

कुनै पनि बिरामीले जटिल प्रकारको  शल्यक्रिया गर्नु १२ घन्टा अगाडि खानेकुरामा चिकित्सले निगरानी गर्ने हुँदा प्रधानमन्त्री ओली (मामा) र समीक्षा संग्रौला (भाञ्जी) लाई बिहान सादा खानेकुरा खान दिइएको छ। मंगलबार साँझबाट दुवैलाई खान नदिई खाली पेट राखिने भएको छ।

डा. अनन्तकुमारलाई काउन्सिको अनुमति

१३ वर्षअघि भरतको अपोलो अस्पतालमा पहिलो पटक युरोलोजिस्ट डा. अनन्तकुमारसहितले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। ओलीको दोस्रो प्रत्यारोपणमा सघाउन नेपाल आएका डा. अनन्तकुमारलाई नेपाल मेडिकल काउन्सिले सोमबार एकसताको अनुमति दिएको छ।

कुनै पनि विदेशी चिकित्सकले नेपालमा आएर सेवा प्रदान गर्न काउन्सिलको अनुमति दिनु पर्ने प्रावधान छ। त्यही प्रावधान अनुसार डा. अनन्तलाई काउन्सिलले एक हप्ता नेपालमा बसी उपचारमा सहभागी हुन अनुमति दिएको हो।

१३ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण डा. अनन्तकुमारकै नेतृत्वमा भएको थियो। ३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेका छन्।

किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका छन्। यसअघि भारतबाट तीनजना चिकित्सकको टोली प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा संघाउन आउने भनिएको थियो। तर आजसम्म काउन्सिलबाट डा. अनन्तले मात्रै प्रत्यारोपणमा सघाउन कानुनी अनुमति लिएका छन्।

 मामाभाञ्जी दुवैको शल्यकिया सँगसँगै

मामालाई आफ्नो मिर्गौला दिन लागेकी भान्जी र मिर्गौला लिन लागेका मामा ओलीको भोली ९ बजेबाट एकसाथ शल्यकृया हुने भएको छ। भाञ्जीको शल्यकृयामा शिक्षण अस्पतालका युरोलोजिल्ट डा. उत्तम शर्माशहितको टोली हुनेछ।

झिकिएको मिर्गौला मामा (प्रधानमन्त्री) ओलीकहाँ प्रत्यारोपण गर्न युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली रहने बताइएको छ। करिब ६ घण्टामा ओलीको प्रत्यारोपण सकिने चिकित्सकहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.